Sunday, 23rd August, 2026
वि.स.

लकडाउनमा बैंक सञ्चालन : राष्ट्र बैंकले जारी गर्‍यो ५ बुँदे मापदण्ड

BBA-1588955256.jpg

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको लागि मापदण्ड जारी गरेको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले बैंकका सम्पूर्ण सेवा सञ्चालन गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले शुक्रबार मापदण्ड जारी गरेको हो।

राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’, ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा हुनसक्ने संक्रमण तथा संस्थाको बिजनेस कम्युनिटीलाई मध्यनजर गर्दै यथासम्भव एक तिहाइ कर्मचारीहरुबाट सेवा दिने तथा उक्त सेवाको लागि सिफ्टअनुसार र घरबाट हुनसक्ने काम घरबाटै गर्ने मापदण्डमा उल्लेख छ।

बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावना न्यूनीकरण गर्न आवश्यक व्यवस्था अवलम्बन गर्ने भनिएको छ।

मापदण्डअनुसार सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रभाव गर्ने, विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ।

साथै बैंकिङ सेवा सुचारु गर्न आवश्यक सवारीसाधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारीसाधनको बढीमा २५ प्रतिशत सवारीसाधन सञ्चालन गर्न बैंकको प्रधान कार्यालयले सवारी नम्बर र सवारी उपयोग गर्नेको नाम, जानुपर्ने–आउनुपर्ने स्थान तथा समयसहित तोकपत्र उपलब्ध गराउने पनि भनिएको छ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०