Sunday, 23rd August, 2026
वि.स.

लकडाउनमा पनि मनहरी बजारमा यति धेरै ट्रिपर जाम !

बन्दाबन्दीका बेला सरकारले निर्माण सामग्रीहरुको ओसार पसार समेत खुला गरेपछि मनहरीमा भने भीडभाड देखिएको छ ।

चितवनबाट आएका दर्जनौ ट्रिपरले चितवनतर्फ गिटी, बालुवा र नदीजन्य बस्तु ढुवानी गर्ने क्रममा मनहरी बजारमा भीड देखिएको हो । १० जेठ बिहान यस्तो दृष्य देखेका मनहरी बजारका बासिन्दाले ट्रिपरमा अब्यवस्थित ढुवानी क्रम बढेकाले कोरोना संक्रमण हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘चितवनमा कोरोनाको संक्रमण छ, त्यहीँबाट आएका ट्रिपरहरुले ढुवानीका क्रममा मनहरीमा भीड गरेर बसेको देखिन्छ’, मनहरी बजारका एक व्यवसायीले भने।

यता इलाका प्रहरी कार्यालय मनहरीले भने १० जेठ बिहान ट्रिपरहरुको भीडभाड देखिने बित्तिकै व्यवस्थापन गरिएको र ११ जेठ बिहानबाट पूरै व्यवस्थित गरिने जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले ११ जेठबाट पालैपालो कागजपत्र जाँच गर्ने र लाइनबद्ध ढंगले पालैपालो आउने व्यवस्था गरिने बताए । ‘पालैपाला नआउने ट्रिपरहरु अब कारबाहीमा पर्छन्’, श्रेष्ठले भने ।

मनहरीबाट क्रसर उद्योगहरुबाट दैनिक दर्जनौँ नदीजन्य बस्तुको बिक्री चितवनतर्फ भइरहेको अबस्था छ । बिक्री बितरण र ढुवानी प्रक्रिया सुरक्षा अपनाएर मात्रै अघि बढाउन स्थानीयले माग गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०