Monday, 24th August, 2026
वि.स.

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

ghirha-mantralaya-1587972875.jpg

गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह स्रोतको जनाएको छ ।

बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइएको अब अलपत्र परेका तथा बिचल्लीमा परेका अधिकांशको उद्धार भइसकेको ठहर गर्दै आजबाट सवारी साधन सञ्चालनमा रोक लगाउनुका साथै आवतजावतामा समेत कडाइ गरिएको गृहको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०