Sunday, 23rd August, 2026
वि.स.

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौंडामा चारै परिवार होम क्वारेन्टिनमा

Raped-Test1-1587042584.jpg

हेटौंडामा र्‍यापिड टेष्ट पोजेटिभ देखिएका चारै परिवारलाई होम क्वारेन्टिन राखिएको छ । स्वास्थ्यकर्मीको निगरानीमा चारै परिवारलाई स्वास्थ्यकर्मीको सल्लाहमा होम क्वारेन्टीनमै राखिएको हो ।

डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएपछी उनीहरुका परिवारलाई होम क्वारेन्टीनमा राखिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा चारजनाको पोजिटिभ देखिएपछी चारै जनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको छ भने उनीहरुका परिवारलाई होम क्वारेन्टीनमा राखिएको हो । चारै जनाको स्वाव टेष्टको रिपोर्ट प्राप्त नहुन्जेल सम्म उनीहरुका परिवारलाई होम क्वारेन्टीनमै राख्न लागिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक गरेको कोरोना भाइरस ९कोभिड १९० को र्‍यापिड टेस्ट गर्दा आज चार जनाको रिपोर्टमा पोजिटिभ नतिजा निस्किएको छ । उपमहानगरपालिकाले आज देखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा ४ वैशाखमै पोजेटिभ देखिएको हो ।

बिदेशबाट फर्किएका चारजना हेटौंडामा वसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ । तीन जना पुरुष र एक जना महिला हुन् । र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपनि उनीहरुमा कोरोना संक्रमित भएको छ की छैन भन्नेकुरा ल्याव टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछी मात्र भन्न सकिने स्वास्थ्यकर्मीहरु वताउँछन् । आज हेटौंडामा टेष्ट गरिएका ४९ जना मध्यमा ४ जानमा मात्र टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।

बिभिन्न देशबाट फर्किएर आएकाहरुमा र्‍यापिड टेस्ट गदा नतिजा पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौंडा ४ को बासुदेव सभागृहमा र्‍यापिड टेस्ट गर्दा उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।

उनीहरु चारै जनाको हेटौंडाको ल्यावमा पीसीआर ९स्वाब० टेष्ट गर्ने तयारी गरिएको छ । उनीहरु सवैजनालाई हेटौंडा ४ कर्रामा रहेको आइसोलेसनमा राखिएको मेयर महतले जानकारी दिनुभयो ।

हेटौंडामा बिदेशबाट फर्किएकाहरुलाई टोल टोलमा पुगेर र्‍यापिड टेष्ट गर्न सुरु गरिएको हो । कोरोना भाइरसक ९कोभिड १९० लागेको छ की छैन भनेर परिक्षण गर्नका लागि ¥यापिड टेष्ट गर्न सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।
आजबाट जना स्वास्थ्यकर्मी टोल टोलमा खटाइएको छ । आज मात्र स्वास्थ्कर्मीको टोलिले हेटौंडाको वडा नम्बर ४, ५, १० र १५ मा आज टेष्ट गरिएको मेयर महतले वताउनुभयो ।

अरुलाई पनि र्‍यापिड टेष्टको काम निरन्तर गरिने उहाँले वताउनुभयो । नगरका वडाहरुमा पीपीइ सेट लगाएर स्वास्थ्यकर्मीलाई र्‍यापिड टेष्ट गर्न पठाइएको थियो । र्‍यापिड टेष्ट गरिसकेपछी विदेशबाट फर्किएका वा कोरोनाको संका लागेका विरामीलाई जाँच गराएपछी अरुमा कोरोना संक्रमण हुने छैन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०