Thursday, 20th August, 2026
वि.स.

रोजगारीको लागि जापान जानेहरुलाई कागजात पेश गर्न विभागको आग्रह

baidesik-1607939391.jpg

वैदेशिक रोजगारीको लागि जापान जाने नेवदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ । 

यस्तै योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र ९लाइसेन्स टु रन कम्पनी० जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट अनुवाद गरिएको हुनुपर्ने विभागले जनाएको छ । नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

उल्लेखित कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल dofe_kath@dofe.gov.np मा पठाएको हुनुपर्ने विभागले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif