Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रेडियो सन्देश तेस्रो बर्षमा प्रवेश सहकार्य गर्न तयार छु : नगर प्रमुख महत

Mahat-1601476317.jpg

मकवानपुरको हेटौंडा–४ मा रहेको सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर आज रेडियोमा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास र सम्र्वद्धनका निम्ती सहकार्य गर्न तयार रहेको बताएकाछन् ।

मेयर महतले बिगतमा पनि सञ्चार माध्यमलाई सहयोग गरिरहेको जानकारी गराउँदैं भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य गर्न तयार रहेको बताए । सञ्चार माध्यम र सञ्चारकर्मीको हितका लागि नगर पालिका संस्थागत सहकार्य गर्न तत्पर रहेको बताउनुहुँदैं मेयर महतले पत्रकारिता क्षेत्रको विकासले मात्र समाजमा परिवर्तन सम्भव भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले स्थानिय सरकारले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्नुपर्ने बताए । मिडियाको संस्थागत विकास र श्रमजिवी पत्रकारहरुको हितका लागि स्थानीय सरकार भुमिका महत्वपूर्ण हुने बिष्टले बताए ।

कार्यक्रममा बोर्ड काष्टिङ एसोसियसन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले संकटको अवस्थामा मिडिया बचाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । कोभिड १९ का कारण सञ्चार जगत पनि प्रभावित भएको बताउँदैं उहाँहरुले समग्र सञ्चार क्षेत्रको विकासको निम्ती स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज का अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सञ्चार संघ/संगठनका नेतृत्व तथा सञ्चारकर्मी र बिभिन्न सामाजिक संघ/संस्थाका व्यक्तिहरुको सभागिता रहेको थियो । बिगतका बर्षहरुमा विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउने गरिएको भएपनि यो बर्ष कोरोना भाईरसका कारण सामान्य र अनौंपचारिक ढंगले बार्षिक उत्सव मनाईएको रेडियोका अध्यक्ष सुनिल खड्काले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०