Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रेडक्रसको केन्द्रिय सदस्यमा मकवानपुरका प्रताप विष्ट [सबै नामावली हेर्नुहोस्]

Pratap-Bista-1595945845.jpg

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट चुनिएका छन् । सरकारले आर्थिक अनियमितता गरेको आरोपमा केन्द्रिय समिति भंग गरेपछि नयाँ बनेको समितिमा विष्ट चुनिएका हुन् । 

मन्त्रिपरिषद् बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर मोरङ सिजुवाका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

लामो समय पत्रकारिता र सामाजिक क्षेत्र, मानव अधिकारको क्षेत्रमा क्रियाशिल विष्टलाई मन्त्रीपरिषद्को निर्णयले तदर्थ समितिमा सिफारिस गरेको हो । यस अघिको रेडक्रसले सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।

नामावलीः


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०