Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रुपचन्द्र विष्टको सम्झनामा छलफल र माल्यार्पण कार्यक्रम

थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा उनको जन्मथलो दामनमा कार्यक्रम गरिएको छ । मकवानपुरको थाहा नगरपालिका स्थित विकास घरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमको अवसरमा विकास घर प्राङ्गणमा रहेको विष्टको शालिकमा माल्यार्पण गरिएको हो । शालिकमा कार्यक्रमका प्रमुख अतिथी तथा सांसद रामनारायण विडारीले माल्यार्पण गरेका हुन् । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, अतिथी थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्यलगायत रहेका थिए । 

छलफल तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा नेकपा एमालेका विमलकुमार ढकाल, श्यामभक्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विष्णु विष्टलगायत अतिथीहरुले रुपचन्द्र विष्टको योगदानको प्रशंसा गरेका थिए ।