Sunday, 23rd August, 2026
वि.स.

रुखले च्यापिएर मकवानपुरमा दुई जनाको मृत्यु

death-1590560670.jpg

 मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका( ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् ।

घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

६ वर्षीय बालकको भने उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ । आयुशसँगै रुखमुनि बसेका ३ जना घाइते भएका थिए ।

घाइते भएका मानिकलाल बल र शम्भु सुनारको उपचार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०