Tuesday, 25th August, 2026
वि.स.

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर दुई सैनिकको मृत्यु

current-1599905320.jpg

कार्यालय परिसरभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लाग्दा शनिबार चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको मृत्यु भएको हो ।बिहान ११ बजे तिर रुखको हाँगा काट्दा बिजुलीको नाङ्गो तारलाई छोएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार सुवेदार राजुबाबु श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, सिपाही राजन कुमालको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा पौने १२ बजे मृत्यु भएको डीएसपी थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif