Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रिपोर्ट नआउँदा नौ दिनदेखि हेटौंडाको आइसोलेसनमा

hetauda-isolation-1590833622.jpg

कोभिड–१९ परीक्षणको रिपोर्ट नआउँदा हेटौंडाका सातजना नौ दिनदेखि आइसोलेसन र क्‍वारेन्टाइनमा बसिरहेका छन् । जेठ ९ गते हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा उनीहरुको स्वाब पीसीआर गर्दा प्राविधिक समस्या देखिएकोभन्दै थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल उनीहरुको स्वाबको पठाइएको भएपनि अझै अन्तिम रिपोर्ट आएको छैन ।

हेटौंडा अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाइएको महिलामा कोरोना संक्रमणको पुष्टी भएसँगै उनको उपचारमा संलग्न तीनजना स्वास्थ्यकर्मी, भारतबाट फर्किएका तीनजना र कोरोना संक्रमित गर्भवती महिलाको पतीको कोरोना परीक्षणको रिपोर्ट समयमै नआउँदा उनीहरु नौ दिनदेखि हाल आइसोलेसन र क्वारेन्टाइनमा बसिरहेका छन् ।

‘हेटौंडाको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको अन्तिम रिपोर्ट हामीलाई प्राप्त भएको छैन । जसले गर्दा उहाँहरु आत्तिरहनु भएको छ ।’, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले भने,‘हेटौंडामा गरिएको परीक्षणमा स्वाब परीक्षण गर्दा प्राविधिक समस्या देखियो । हो भन्न पनि नसक्ने । होइन भन्न पनि नमिल्ने रिपोर्ट आएपछि काठमाडौं पठाएको हामीलाई खबर भएको छ ।’

सातजनामध्ये भारतबाट फर्किएका तीनजना हेटौंडा–४, स्थित कर्रामा रहेको आइसोलेसन वार्ड, तीजना स्वास्थ्यकर्मी हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीको क्वारेन्टाइन र एकजना हेटौंडा–१, चौकीटोलस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । ‘काठमाडौंमा हामीले बुझ्दा देशभरबाट प्राप्त स्वाबको क्रमशः परीक्षण भइरहेको र क्रमानुसार स्वाब परीक्षण गरिने उत्तर आएको छ, ’ उनले भने ।

हेटौंडाको आइसोलेसन वार्डमा हाल १७ जना रहेका छन् । हेटौंडामा संकलन गरिएको १८ वटा स्वाबको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेका छ । 
 इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०