nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारको बाहुल्यता

Kala-1478772789.jpg

मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ । 

आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई, आरम्भ एमटी एटएटफोएट, ग्लूमी गाइज ब्याण्ड, देवर राना एण्ड ब्याण्ड, झरना गुरुङको ब्याण्ड, लोक गायक बद्री पंगेनी, भोजराज काफ्ले, गायिका कोमल वली, गायकहरु प्रमोद खरेल, भरत सिटौला, सुगम पोखरेल, कलाकार दमन रुपाखेतीलगायत हेटौंडा आउने पक्कापक्की भैसकेको छ । ‘हेटौंडामा संधै आइरहने कलाकारलाई भन्दा हामीले चलेका नयाँ अनुहारलाई प्राथमिकतामा राखेका छौं’, प्रतिष्ठानका महासचिव सविन न्यौपानेले भने, ‘हेटौंडामा यसअघि आएका केही सीमित कलाकार मात्र दोहोरिने छन् । प्राय ः धेरै नयाँ कलाकारहरु यो महोत्सवमा आउने छन् ।’

केही कलाकारसंग यस राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको लागि सम्झौता भैसकेको बताउँदै न्यौपानेले मकवानपुरेको चाहना अनुरुपको कलाकार मात्र ल्याइने बताए । ‘धेरै मेला महोत्सवमा ह्वारह्वार्ती कलाकार ल्याएको देखेका छौं । यो महोत्सवमा ‘सेलेक्टेड’ कलाकार मात्र हुनेछ र उनीहरुले महोत्सवमा आउने दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिनेछन् भन्ने हाम्रो विश्वास हो’, उनले भने ।