nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय खेलकुद तथा वृहत व्यापार मेलाको तयारी पूरा

१० करोड आर्थिक कारोवार हुने अपेक्षा सहित आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको भोलि बिहीबार हेटौंडामा उद्घाटन हुने भएको छ । मेला आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले मेलाको सबै तयारी पुरा भएको बताएको छ । ‘हामीमेलाको औपचारिक उद्घाटनको प्रतिक्षामा छौ, सबै तयारी सकियो’ प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले भन्नु भयो । अध्यक्ष खड्गीका अनुसार मेलाका रु. २० र ३० का टिकटहरुको व्यवस्था गरिएको छ। टिकटबाट मात्रै मेलामा ३५/४० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । आयोजकले मेलाको अवलोकन गर्न २ लाख ५० हजार जना दर्शक आउने अपेक्षा गरेको छ । 

मकवानपुरमा प्रतिष्ठानले पहिलो पटक मेलाको आयोजना गर्न लागेको हो । प्रतिष्ठानले मेलाबाट आर्जन भएको पैसा मकवानपुर जिल्लामा पीडित अफ्ठ्यारामा परेकाहरुको लागि सहयोग गर्ने लक्ष्य राखेको छ। यहाँ मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडाहरु लगायतका संस्थाहरुले पनि मेला आयोजना गर्दै आएको अवस्थामा प्रतिष्ठानले नयाँ अवसर र आभाष दिलाउने गरि मेलाको आयोजन  गर्न लागेको बताएको छ । मेला १३ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गामा (भूटनदेवी पार्क) हुँदैछ । राष्ट्रिय खेलकुद तथा वृहत्त व्यापार मेला नामाकरण गरिएको मेलामा नेपालमा पहिलो चोटी जहाँ खेलकुद महोत्सवसँगै वृहत व्यापार मेलाको आयोजना भइरहेको छ। यस खेलकुदमा राष्ट्रिय अन्तराष्ट्रिय खेलकुद टुर्नामेन्टका सहभागीहरु हुने सक्रिय साप्ताहिकले समाचार लेखेको छ । यो मेलामा पनि अन्य मेलामा जस्तै व्यापारिक स्टल हरुका साथसाथै खुलकुदको फरक दृश्य अवलोकन गर्न पाइनेछ । साथै गाडीहरुका स्टल हरु, कृषिलगायतसबै क्षेत्रका स्टल हरु पनि रहने आयोजकले जनाएको छ । झण्डै ३ सयवटा स्टल रहने छन्। साथै राष्ट्रिय तथा स्थानीय कालाकारहरुको पनि प्रस्तुति रहनेछ । 

उद्घाटनको दिन म्याराथुन दौड 

राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको पनि तयारी सकिएको छ। मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथन दौडको तयारी सकिएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अन्य कम्तीमा ५ जना राष्ट्रिय खेलाडीले दौडमा भाग लिने छन्।

जनप्रिय पत्रकारिताका लागि सक्रियता ‘प्रतियोगिताको शोभा बढाउनका लागि हामीले विभिन्न स्कूलका विद्यार्थी तथा अन्य सर्वसाधारण लाई पनि दौडमा सहभागी हुन अनुरोध गरेका छौं’, पाण्डेले भन्नु भयो, ‘सुरुवातीमा कम्तीमा २ सय जनाले दौडमा भाग लिने हाम्रो अपेक्षा छ।’ उहाँका अनुसार प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र ५/५ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

म्याराथनका विजेताहरुलाई महोत्सवको उद्घाटनको क्रममा हुने शोभायात्रामा गाडीमा राखेर हेटौंडा बजार परिक्रमा समेत गराइनेछ। म्याराथनमा सहभागी हुने खेलाडी मेलास्थल भूटनदेवी मन्दिर रोडको गेटबाट दौडिन सुरु गरी सोलिड्यारिटी बोर्डिङ, मेनरोड हुँदै फरेष्ट्रि गेट अगाडि बाट पूर्वपट्टि, सत्यम जेभियर्स बोर्डिङको उत्तरतर्फ ओम चलचित्र मन्दिर हुँदै कान्तिराजपथ चौघडा टेम्पोपार्कबाट बुद्धचोक हुँदै राप्ति रोड, थानाभ¥याङ, नवलपुर, बसामाडी, लेवट, बस्तीपुर, सानान्टार, रजैया, खरङ्गाको नमूना पशु फारम (हाइड्रो मेकानिक उद्योग अगाडि) बाट कुपन लिइ फर्किनुपर्नेछ । खरङ्गाबाट सोही रुट हुँदै बुद्धचोकसम्म आइपुग्नुपर्ने बताइएको छ ।