Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका उत्कृष्ट कृषकलाई सम्मान
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट थाहानगरका फणिन्द्रनाथ पुरस्कृत 

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाका विभिन्न विधामा उत्कृष्ट १९ जना कृषकलाई  पुरस्कृत गरेको छ । ३६ औं विश्व खाद्य दिवसको अवसरमा २६ कात्तिकमा एक समारोहकाबीच कृषकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रपति उत्कृष्ट पुरस्कार तर्फ थाहा नगरपालिका बज्रवाराहीका किवी कृषक फणिन्द्रनाथ सुवेदी प्रथम घोषित भए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का कृषक देवप्रसाद घिमिरे द्वितीय र हेटौंडा २४ का प्रविन नेपाल तृतीय भएका छन् । 

कृषकहरुलाई कृषि क्षेत्रमा थप हौसला प्रदान गर्नको लागि कार्यालयले विभिन्न विधामा उत्कृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारमा प्रथम, द्वितीय र तृतीय हुनेलाई १०÷१० हजार रुपैया“ र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा श्रृजनशील युवा कृषक पुरस्कारतर्फ मकवानपुर गढी ५ का प्रेमप्रसाद दाहाल, हेटौंडा ५ का सुरेश पुरी, फाखेल ३ का चन्द्रबहादुर रुम्बा र हेटौंडा उपमहानगरपालिका २८ की सुस्मा रुम्बालाई नगद २ हजार ५ सय रुपैया“ र कदर पत्रद्वारा सम्मान गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०