Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Madhab_Ghimire-1597756573.jpg

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

वि.स. ७ आश्विन १९७६ मा लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेका कविता, नाटक, यात्रा, संस्मरण र निबन्धहरू प्रकाशित छन्।  राष्ट्रकवि घिमिरेले पद्मश्री साधना सम्मानलगाय विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्। 

उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर-किन्नरी, गौरी, मालती मंगले,  राजेश्वरी, राष्ट्रनिर्माता, चारु चर्चा र आफ्नो बाँसुरी आफ्नै गीत लगाउतका कृतीहरू प्रकाशित भएका छन्। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०