Wednesday, 26th August, 2026
वि.स.

राक्सिराङ गाउँपालिकाको ३२ परिवारलाई ब्ल्यान्केट बितरण

blanket-1609567013.jpg

जाडोको समयमा कठ्यांग्रिदो जाडोमा जीवन यापन गर्दै आइरहेका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ३ घट्टेखोलाका ३२ परिवारलाई गैरसरकारी संस्थाको समन्वयमा ब्ल्यान्केट बितरण गरिएको छ ।

बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) को सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा चेपाङ र तामाङ परिवारलाई लक्षित गरी शुक्रबार ब्ल्यान्केट बितरण गरिएको हो । जाडोका समयमा ब्ल्यान्केट प्राप्त भएपछि स्थानीयबासिन्दाले खुसी व्यक्त गरेका छन् । स्थानीय सरकारले मात्रै सबैतिर ध्यान दिन नसकेको बेला गैरसरकारी संस्थाको तर्फबाट ब्ल्यान्केट बितरण भएकामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

ब्ल्यान्केट बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यक्ष, क्षयरोग फोकल पर्सन ठाकुर पौडेल, बीएनएमटीका अनुगमन÷मूल्यांकन संयोजक भोला राई, सामुदायिक स्वास्थ्य परिचालक, रेविका दाहाल, स्थानीय टोल विकास संस्थाका कृष्ण योन्जन लगायतको सहभागिता रहेको थियो ।

क्षेत्रीय कार्यालय हेटौँडामा रहेको बीएनएमटीले चितवन, महोत्तरी, मकवानपुर र प्युठान जिल्लामा क्षयरोग नियन्त्रणको क्षेत्रमा स्वास्थ्य कार्यालयसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको अनुगमन तथा मूल्यांकन संयोजक राईले जानकारी दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif