Tuesday, 25th August, 2026
वि.स.

राक्सिराङमा १५ शैयाको अस्पताल शिलान्यास

Raksirang-1601514980.png

 मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरेर १५ शैयाको अस्पताल बनाउने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । 

गाउँपालिकाको वडा नं. ५ चैनपुरमा मंगलबार चौकीको जगको पूजा गरी निर्माण कार्य सुरु गरिएको छ । हाल स्वास्थ्य चौकी निर्माण गरिने र पछि त्यसचौकीलाई स्थान्तरण गरी अस्पतालको रुपमा लैजाने अध्यक्ष मल्लले बताए ।

स्थानीय हरी प्रजाले १३ कठ्ठा निःशुल्क जमिन उपलब्ध गराई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ हेटौंडा कार्यालयले १ करोड ५० लाख लगानीमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif