Thursday, 20th August, 2026
वि.स.

राक्सिराङमा चटयाङ लागेर एकको मृत्यु, एक घाइते

राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको बर्षासँगै चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नं८ की कान्छीमायाँ थिङको ज्यान गएको हो । बाख्रा चराउन गएको अवस्थामा पानी परेपछि कान्छीमायाँ नजिकैको रुखको छेल पारेर बस्दा चट्याङ लागेको थियो । चट्याङ लागी उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाउँ बस्ने २५ सुस्मिता मोक्तान घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ  खटिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif