Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राईगाउँमा एम्बुलेन्स 

सांसद गणेश थापाले भारत सरकारबाट प्राप्त एम्बुलेन्स एक समारोहकाबीच समुदायmाई हस्तान्तरण गरेका छन् । थापाले आफ्नै पहलमा भारत सरकारको सहयोग मार्फत मकवानपुरको राईगाउँमा हस्तान्तरण गरेको जनाईएको छ । पुर्वी मकवानपुरमा स्वासथ्य सेवा सहज बनाउन एम्बुलेन्सका लागि पहल गरिएको सांसद थापाले बताए । एम्बुलेन्सलाई दीगोपना दिन १ लाख रुपियाँ अक्षयकोषका लागि थापाले सहयोग गरे । कार्यक्रममा स्थानीय भवनाथ चौँलागाईले आफ्ना पिताको नाममा ५० हजार सहयोग गरेका छन्  ।

मकवानपुरको सबैभन्दा पुर्वि तथा विकट राईगाउँका स्थानीयले एम्बुलेन्स प्राप्त आफू खुशी भएको उनको भनाइ थियो । नेपालमा अब विकासको युगको सुरुवात गर्नुपर्ने बताउँदै थापाले सबै राजनीतिक दलहरु विकास निर्माणको काममा लागे जनताहरुले राजनीतिप्रति सदभाव देखाउने बताए । 

राईगाउँमा वितरण गरिएको एम्बुलेन्स शक्तिशाली यूथ मञ्चले सञ्चालन गर्ने जनाईएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०