Tuesday, 25th August, 2026
वि.स.

योजना संचालनका लागि थाहा–७ मा उपभोक्ता समिति गठन

थाहा नगरपालिका वडा नम्बर ७ मा चालु आर्थिक वर्षमा संचालन गरिने देउराली चिसापानी देउखेल चल्ती सडक उपभोक्ता समिति गठन भएको छ । 

७ नम्बर वडामा भएको उपभोक्ताहरुको भेलाले समितिको अध्यक्षमा राजारम मोक्तान, सचिव राजेश खत्री र कोषाध्यक्ष रविना तामाङ गोले चयन भएका छन् । समितिको सदस्यहरुमा रामचन्द्र गोले, सानुभाई मोक्तान, सुविना तामाङ, कर्णबहादुर गोले र अनिशा अर्जेल चयन भएका छन् । 
थाहा नगरपालिकाबाट चालु आर्थिक वर्षमा सो सडकका लागि ३० लाख रुपियाँ विनियोजन गरिएको छ । 

उपभोक्ता समिति गठनका लागि थाहा–७ को किटिचौरमा भएको भेलामा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले उपभोक्ताहरुकाबीच सहजीकरण भएको स्थानीय शम्भु गोलेले जानकारी दिए । दगिो विकासका लागि स्थानीयहरु नै जागरक हुनुपर्ने बताउँदै प्रमुख विष्टले गाउँको सडकलाई अपनत्वसहित निर्माण गर्न सबै उपभोक्ताहरु अग्रहसर हुनुपर्ने विष्टको भनाइ थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif