Thursday, 27th August, 2026
वि.स.

युवाहरुको माग आफ्नै भवनमा वडा कार्यालय संचालन ।

thaha-owda-no-4-1606892433.jpg

निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दम पनि थाहा ४ को वडा कार्यालय आफ्नै भवनमा नसरेपछि वडा कार्यालय आफ्नै भवनमा संचालन गर्नुपर्ने माग राख्दै थाहा ४ का युवाहरुले मङ्गलबार थाहा नगरका प्रमुख लवशेर बिष्ट समक्ष मौखिक रुपमा आग्रह गरेका छन् ।

नगरका प्रमुख बिष्टको कार्यकक्षमा वडाको समस्या राख्दै युवाहरुले थाहा ४ मा लामाे समय सम्म वडा सचिव नभएको,जनप्रतिनिधिहरुको काम सन्तोषजनक नरहेको,नवनिर्मित वडा कार्यालय व्यवस्थित नगरेको, नवनिर्मित भवन गुणस्तरीय नभएको भन्दै युवाहरुले उठाएको मुद्धालाई छिटो सम्बोधन गर्न आग्रह गरिएको भेटमा संलग्न श्रीकृष्ण केसी ले जानकारी दिए । 

थाहा नगरको प्रमुख  व्यापारिक केन्द्र शिखरकोट ,थानाबजार, दोबाटो, रुप्से,दामन सिमभञ्ज्याङ सहितको क्षेत्रका स्थानियहरुको काम कारबाही गर्नुपर्ने वडा कार्यालय हाल ३ को कार्यालय भवनबाट संचालन हुनु दुखद भएकोले समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्नुपरेको युवा पृथ्वीराज अधिकारीले बताए ।उनले पटक पटक वडा अध्यक्ष,सदस्यहरुलाइ कार्यालय भवन संचालन गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि नगर प्रमुख सम्म पुग्नु परेको बताए ।

भेटमा नगरका प्रमुख बिष्टले कर्मचारीको लागि संघ र प्रदेशमा पत्र पठाइसकेको र छिट्टै समस्या समाधान हुने आश्वासन दिएका छन् । भवन निर्माण भएर पनि संचालनमा नआउदा गाईबस्तु बस्ने गोठमा परिणत नहोस भनेर भवन सदुपयोग गर्न दवाब स्वरुप भेट गरिएको अर्का समाजसेवि युवा गणेश लामाले बताए । उनले ठेकेदारले भवनमात्र बनाएर छोडेर अरु काम अपुरै राखेको बताउदै,वडा कार्यालय छिटो भन्दा छिटो आफ्नै भवनमा संचालनमा नआए आन्दोलन गर्ने चेतावनि दिए । थाहा ४ चौकि किटेनी रुप्से सडक खण्डमा कार्यालय भवन रहेको छ भने,हाल थाहा ३ विकास घरबाट ३ र ४ न. वडाको कार्यालय संचालन एउटै सचिब बाट हुदै आइरहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif