Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ

munna-mahamad-1595569031.jpg

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिकलाई एसिड प्रहार गरिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट गएराति ११ बजे महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

युवतीले अर्को केटा मन पराएको भन्दै एसिड प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेपछि मुन्नाले प्रहरीसँग दिएको प्रारम्भिक बयानमा साहु मोहमदको आग्रहमा एसिड हानेको बयान दिएका छन् ।

साहु मोहम्मदले यो कुरा स्विकारेका छन् । उनले युवतीले आफूसँग प्रेम नगरेको आरोप छ । युवतीले भने यसलाई अस्विकार गरेकी छिन् । उनले मोहम्मदलाई अभिभावकजस्तो मानेको बताएकी छिन् । उनीहरुले बिहीबार साँझ सितापाइलामा ओखलढुङ्गाकी २२ वर्षीय युवतीमाथि तेजाब प्रहार गरेका थिए । युवतीको किर्तीपुरमा उपचार भइरहेको छ । अपराध महाशाखाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०