Wednesday, 26th August, 2026
वि.स.

यी हुन् ‘बलात्कारी संगठन’ चलाउने बस्नेत

nabin-basnet-1603006670.jpg

 ‘बलात्कारी संगठन’का नाममा बलात्कारलाई प्रश्रय दिनेगरी ग्रुप चलाउने प्युठानका १९ बर्षिय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप खोलेर बलात्कारलाई सहयोग पुग्ने, लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा साइबर अपराध ब्यूरोले नबीन बस्नेतलाई पक्राउ गरी कारबाहीको प्रक्रिया बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीसँगको समन्वयमा नवलपरासीबाट पक्राउ गरिएका बस्नेतलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन् ।

उक्त ग्रुपका विषयमा व्युरोले निगरानी राख्दै आएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट व्यापक गर्न थालिएपछि अनुसन्धान अघि बढाइएको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif