Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

यी हुन् सेक्सका फाइदा

सेक्सले आनन्ददायक र सम्बन्धलाई मजबुत बनाउनेमात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। यसले मष्तिष्क र शरीरको तनाव घटाउन मद्दत गर्छ । नियमित सेक्स गर्दा शरीर तनावपुर्ण अवस्थाको सामना गर्न तयार हुन्छ र रक्तचाप बढ्न दिँदैन ।

थाहा पाऔं सेक्सका फाइदा 

एक व्यायामको रुपमा

सेक्स एक उत्कृष्ट व्यायाम मानिन्छ । सेक्सका दौरान शरीरका सबै मांसपेशी खुम्चने र फैलने हुन्छ। यसमार्फत् क्यालोरी खपत हुन्छ।पूरा क्षमतामा सेक्स प्रक्रियामा सहभागी हुँदा १५ मिनेट ट्रेड मिलमा हिड्दा जति नै क्यालोरी खपत हुन्छ।

मुटुको स्वास्थ्यका लागि लाभकारी

सेक्सले रक्तसन्चार सुधार गर्छ र कोलेस्टेरोलको स्तर ठीक गर्छ । सेक्स क्रियाका दौरान मुटुुको धड्कन बढ्छ र बढी रगत पम्प गर्छ, जसबाट रक्तसन्चार तीब्र हुन्छ । हप्तामा एकपटक सेक्स गर्ने मानिसलाई हृदयाघात हुने खतरा पनि कम गर्छ।

आत्मविश्वासको स्तर बढाउँछ

सेक्सले तन्दुरुस्ती बढाउँछ र आत्मविश्वासको स्तर पनि बढाउँछ। तर, निरर्थक सेक्स मायाप्रेमसहितको सेक्सजत्तिको उपयोगी भने हुँदैन। अध्ययन अनुसार विवाहित या एक अर्काप्रति वफादार जोडी सन्तुष्ट जीवन बिताउँछन्। आपसी वफादारी र घनिष्ठताबाट भावनात्मक सुरक्षाको महसुस हुन्छ र आन्तरिक खुशी प्राप्त हुन्छ।

सम्बन्ध मजबुत बनाउँछ

आफ्नो यौनसाथीको निकटता र चरम सुखतिर बढ्दा माया–प्रेमको हर्मोन अर्थात् अक्सिटोसिनको स्तर बढ्छ। जसबाट आपसी सम्बन्धी मजबुत हुन्छ । उत्कृष्ट सेक्स लामो समयको सम्बन्धको प्रतिक हो ।

प्रतिरोधी क्षमता मजबुत गर्छ

सेक्सले रोग प्रतिरोधी क्षमता मजबुत गर्छ, जसले संक्रमण र रोगबाट बचाउँछ। हप्तामा एक या दुईपटक सेक्स गर्नेलाई रुघासमेत लाग्दैन र अन्य संक्रमण पनि हुँदैन।

पेनकिलरको रुपमा

सेक्सले अक्सिटोसिन हर्मोनको स्तर बढाउँछ, जसको परिणामस्वरुप एडोर्फिन्स्क या ह्याप्पी हर्मोन रिलिज हुन्छ। यो हर्मोनले टाउको दुखाई, जोर्नीको दुखाई, महिलामा महिनावारी पूर्वको पीडाजस्ता विभिन्न खालका पीडाबाट मुक्ति दिलाउँछ।

-एजेन्सी



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg