Thursday, 20th August, 2026
वि.स.

यी सुन्दरी नायिकाले झुण्डिएर गरिन आत्महत्या

jayashree-ramaiah_-1611975494.jpg

भारतको कन्नडकी चर्चित नायिका जयश्री रमैयाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बंगलुरु स्थित घरमै उनको मृत शरीर भेटिएको थियो । उनले छ महिना अघि पनि आत्महत्या प्रयाश गरेको प्रहरीले जनाएको छ । छ महिना अघि आत्महत्या गर्न ठिक्क परेकी जयश्रीलाई नायक किच्चा सुदिपले बचाएका थिए ।

डिप्रेशनबाट पिडित यी नायिकाले सन २०२०मा सामाजिक सञ्जालमै आत्महत्या गर्न लागेको उल्लेख गरेकी थिइन् । उनले भनेकी थिइन् ‘धेरै समय भयो तनावबाट गुज्रेको अब दुनियाबाट विदा हुने निर्णय लिँदैछु ।’ खबर पाए लगत्तै सुदिपले उनलाई रोकेका थिए । पछि उनले सुदिपलाई धन्यवाद दिँदै आफ्ना प्रसंसकसंग माफी पनि मागेकी थिइन् ।

जयश्रीका नजिकका साथीका अनुसार उनी पारिवारिक तनावमा थिइन् । त्यसो त उनले पछिल्लो समय फोन नम्बर धेरै परिवर्तन गर्न थालेकी थिइन् । त्यसकारण उनी साथीहरुको सम्पर्कबाट पनि टाढा भएकी थिइन् । उनी राम्रो नृत्यङ्गना र मोडल थिइन् । सन २०१५ मा कन्नड रियालिटी शो बिग बोस कन्नडमा सहभागी भएकी थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif