Wednesday, 19th August, 2026
वि.स.

यस्तो रहनेछ आगामी ३ दिनको मौसम

mausam-1605249174.jpg

हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभर  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहनुबाहेक अन्य स्थानको मौसम सफा रहनेछ ।  रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पनि मौसममा उस्तै रहनेछ । 

यसैगरी शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।  

यसैगरी आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif