Tuesday, 18th August, 2026
वि.स.

यसरी भयो लियो क्लव अफ थाहा पिसको साधारण सभा, अध्यक्षमा कमल विष्ट चयन

king-1625070503.jpg

लियो क्लव अफ थाहा पिसको वर्ष २०२१/०२२ का लागि अध्यक्ष पदमा कमल विष्ट चयन भएका छन् ।

१६ असारमा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाबाट विष्ट सर्वसम्मत लियो क्लव अफ थाहा पिसको अध्यक्षमा चयन भएका हुन् । साधारण सभाबाट प्रथम उपाध्यक्षमा सुजिता केसी र द्वितीय उपाध्यक्षमा कल्याणी बस्नेत चयन भए ।

नवनिर्वाचित अध्यक्ष विष्टले सचिवमा निशा विष्ट र कोषाध्यक्षमा रोशनी गोपालीलाई मनोनित गरेका छन् ।

वर्ष २०२०/०२१ का अध्यक्ष सफल प्रधानको सभाध्यक्षतामा भएको साधारण सभामा लायन्स क्लव अफ थाहा पिसका सल्लाहकार भरत गोपाली, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष उद्दव विडारी, लियोका संस्थापक अध्यक्ष अनित विष्टले शुभकामना दिएका थिए ।

थाहानगरमा पाँच वर्षअघि स्थापना भएको लायन्स र लियो क्लबले विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय नेतृत्व प्रदान गर्दै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif