Wednesday, 26th August, 2026
वि.स.

यसपटक टीका लगाउँदा ध्यान दिनैपर्ने विज्ञका १२ सुझाव

das555-1603595331.png

नेपालमा कोरोनाभाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ। शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ। 

काठमाडौं उपत्यका लगायत ठूला शहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ।  सोहीकारण यसपटक टीका लगाउँदा संक्रमण थप फैलन नदिन विशेष ध्यान दिनुआवश्यक छ। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिएका छन।

१. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने

२. ६ फिटको दुरी कायम गरेर बस्ने

३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने

४. टीका दिनेले प्रत्येक पटक हात धुने
५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने

६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने
७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने

८.  मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने
९. साबुनपानीले हात धोइरहने

१०. भीडभाड पटक्कै नगर्ने
११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने

१२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif