Tuesday, 18th August, 2026
वि.स.

मौसम : हुरी र चट्याङसहित पानी पर्ने

mausam-1615703414.jpg

आइतबार देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा भने  दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्टयाङ् हुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif