Friday, 3rd July, 2026
वि.स.

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Rajkumar-1605105292.jpg

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१४, रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । २६ कात्तिक दिउँसो ३ बजे भएको घटनामा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको परवानीपुरका २६ वर्षीय प्रतिक क्षेत्रीको ज्यान गएको हो ।  प्रहरीले घटनास्थलमा पुगेर हेर्दा सडक कल्भर्डभन्दा तल खोँचमा मोटरसाइकलले थिचेको अवस्थामा क्षेत्रीलाई भेटेको थियो ।

मकवानपुर प्रहरीका अनुसार मृतक क्षेत्रीको साथबाट लागूऔषध कोरेक्स र नाइट्रोभेट समेत बरामद भएको छ । बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ४५ प ८४७४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना भएको हो । क्षेत्रीको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र मृतकका परिवार सम्पर्कमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०