Wednesday, 19th August, 2026
वि.स.

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३-३ जना भारतीय र चिनियाँ अझै बेपत्ता

Melamchibazarduban3162411-1624169866.jpg

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ।

हेलम्बु गाउँपालिकाको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले जनाएको छ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेको गाउँपालिकाले बताएको छ।

ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय, तीन चिनियाँ नागरिक समेत छन्।

गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण  पनि सार्वजनिक गरेको छ। बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ।गाउँपालिकाले शनिबार नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम  रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ। रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif