Thursday, 8th October, 2026
वि.स.

मृगको बच्चा इलाका प्रहरि पालुङलाई हस्तान्तरण

थाहा नगरपालिका वडा नं. ४ शिखरकोटको नागदहमा मृगको बच्चा फेला परेपछि उक्त बच्चा इलाका प्रहरि कार्यालय पालुङलाई हस्तान्तरण गरिएको छ । शनिवार राति ९ः०० बजे घाइते अवस्थामा रहेको उक्त मृगको बच्चालाई स्थानिय आशिक रायमाझीले सडकमा देखेपछि उक्त मृगलाई समायर इलाका प्रहरि कार्यालय पालुङलाई खबर गरिएको थियो ।मृगलाई सुजन कुमार रायमाझीले इलाका प्रहरि पालुङका हवलदार सुशिल सुन्दासलाई हस्तान्तरण गरेका थिए । उक्त मृगको बच्चालाई आइतबार विहान वन कार्यालयलाई बुझाउने इलाका प्रहरि कायालयका प्रहरि हवलदार सुशिल सुन्दासले विकासखबरलाई बताए ।