Thursday, 20th August, 2026
वि.स.

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम हुने

तीन नम्बर प्रदेश सरकारको मन्त्री परिषदको बैठकले ४ वटा निर्णय गरेको छ ।  २४ माघमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास गरेको छ । 

त्यसैगरी ४ सामाजिक बिकास मन्त्रालय पेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सन्चालन सम्बन्धि कार्यविधी पास गरेको छ । यस्तै आन्तरिक तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश बिपद कोष सञ्चालन कायविधि २०७५ स्वीकृत गर्नुका साथै दुर्घटना सम्बन्धि आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । 

नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवारलाई प्रति परिवार एकलाख रुपियाँको दरले रकम सहायता प्रदान गरिने गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय समेत गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०