Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुआब्जा नपाए २५ मीटर भत्काउन दिन्नौं–संघ

हेटौँडाको मेनरोडलाई २५ मीटर फरकिलो मकवानपुरका राजनीतिक दलहरुले सहमती गरेपछि मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ । मकवानपुर उद्योग वााणिज्य संघले २६ मंसीरमा एक कार्यक्रमको आयोजना गरि २५ मीटर बारे निर्णय गर्ने अधिकार कसैलाई नभएको जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले लालपुर्जा भएको जग्गालाई विना क्षतिपूर्ति राज्यले हडप्न नसक्ने भन्दै दलको निर्णय कच्चा रहेको बताएका छन् । हजारौ हेटौँडावासी सुकुम्वासी हुनेगरि २५ मिटर भत्काउने पहल गरिए आन्दोलनको आँधिवेरी सिर्जना गरिने उनले चेतावनी समेत दिएका छन् ।

सडक २५ मिटर फराकिलो पार्नै हुन्न भन्ने मानसिकतामा नरहेको बताउँदै उनले राज्यले उचित क्षतिपूर्ति दिए सडक फराकिलो पार्ने काममा आफुहरु सहयोग गर्ने उनले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०