Friday, 3rd July, 2026
वि.स.

मिस वर्ल्ड सिंह मकवानपुरको चेपाङ वस्तीमा

TONI-1583505029.jpg

मिस वर्ल्ड २०१९ सहितको टोली मकवानपुरको कैलाश गाउँपालिका–७ तामलाङ गाउँमा पुगेको छ । २३ फागुनमा तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि मिस वर्ल्ड टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका हुन् ।

पाहुनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरुले स्वागत गरेका थिए । तामलाङमा ङिको स्वास्थ्य चौकी मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडाले निर्माण गरेकी हुन् । मिस वर्ल्ड २०१८ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले यही प्रोजेक्टबाट ब्यूटी अफ पर्पसको टाइटल जितेकी थिइन् ।

स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०