Wednesday, 26th August, 2026
वि.स.

माहुरीको टोकाइबाट महिलाको ज्यान गयो

d-body-1606887854.jpg

सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय २४ वर्षीया रमिला देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

मृतकको शव राजविराजमा रहेको गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif