Tuesday, 25th August, 2026
वि.स.

मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न गृहमन्त्रालयको परिपत्र

maske1-1595756305.jpg

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले हिँडडुल गर्दा मास्क अनिवार्य गरेको छ। 
मन्त्रालयले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आइतबार परिपत्र दिएको छ।

उपसचिव उमाकान्त अधिकारीका अनुसार आइतबार मन्त्रालयले ७७ जिल्ला प्रशासन र सुरक्षा निकायलाई यस्तो परिपत्र गरेको हो।  ‘कोरोना संकट सकिएको छैन। सकारले तत्कालका लागि निश्चित नियम पालना गर्ने गरी लकडाउन खुला गरेको हो’, उनले भने, ‘सरकारको शर्तमा मास्क अनिवार्य छ। मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न परिपत्र गरिएको छ।’ 

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार २६ गतेबाट पूर्ण रुपमा खुला गरेसँगै भीडभाड बढेको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो। मन्त्रालयको यो निर्देशन पालना नगरी अटेर गरेमा संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही हुनेछ। 

यसअघि गृहमन्त्रालयले मास्क नलगाई हिँडेलाई कारबाही गर्न असार २२ गते  पत्राचार गरेको थियो। नेपालमा कोरोनाकै कारण ४५ जनाले ज्यान गुमाएका छन्। १८ हजार चार सय ८३ जनामा संक्रमण पुष्टि हुँदा १३ हजार ५३ जनाले कोरोना जितेका छन्। सरकारले लकडाउन खुला गरे पनि संक्रमण नरोकिएको अवस्थामा गृहमन्त्रालयले यस्तो निर्देशन पुनः दिएको हो।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif