Wednesday, 19th August, 2026
वि.स.

मालपोत कार्यालयको मनपरी: पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट

money1-1503625235.jpg

काठमाडौं उपत्यकासहित विभिन्न मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दृुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पँुजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठाउनुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको ९ भदाैको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif