Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मार्खुका किसानलाई कृषि सामाग्री वितरण

IMG_4201-1593487473.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खुका किसानलाई आज कृषि सामग्री वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्र चितवनबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको हो । इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समिति मार्खुको आयोजनामा आज एक औपचारिक कार्यक्रम मार्फ किसानहरुलाई बिउबिजन, जैनिक मल, पाईप, इलेक्टोनिक पम्प, मिनिटिलर, मल्चिङ प्लास्टिक, सिचाइ पाइप, टनेल हाउस र डिजिटल काँटा लगायतका सामाग्रीहरु वितरण गरिएको समितिका कोषाध्यक्ष मणीराज थापाले जानकारी दिनुभयो ।

No description available.


कार्यक्रममा बोल्नुहुँदै इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले प्राप्त गरेको सामाग्रीको परिणममुखी रुपमा भरपुर प्रयोग गर्न किसानलाई अनुरोध गनुभयो । त्यसमा किसानलाई अन्य आवश्यकता भएमा गाउँपालिकाले सहयोग गर्ने समेत उहाँले बताउनुभयो । 

No description available.
इन्द्रसरोवर तरकारी पकेट क्षेत्र सञ्चालक समितिको संयोजक सरिता बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवनलामाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष जमान सिं वाईवाको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खनाल, उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको समेत सहभागिता थियो ।

No description available.

No description available.

यस्तै इन्द्रसरोवर गाउँपालिकाको पशुशाखाले पनि इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा सन्चालित पशु स्वास्थ्य ब्यबश्थापनका लागि औषधि र पशु स्वास्थ्य ब्यबस्थापन तथा मत्स्य उपचार सेवा कार्यक्रममा सहभागी ७५ जना पशुपालक कृषकहरुलाइ बाख्राको ४५७ वटा, कुखुराको ११३ वटा, भैंसीको ३७ वटा र ११ वटा गाईको लागि औषधि र सुपर नेपियर जातको जातको घाँसको बीउ वितरण गरेको पशुविकास शाखाका प्रमुख अमृत गोगालीले जानकारी दिनुभयो  । 




https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।