Wednesday, 26th August, 2026
वि.स.

मानुङडाँडा जाँदै गरेको माइक्रो दुर्घटना: १ को मृत्यु, ८ घाइते

accident-new-1605676652.jpg

पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif