Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

madhab-kumar-nepal-1598088148.jpg

 पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् ।  बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको स्वकीय सचिव गौतमले बताए ।

शुक्रबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए । पिएसओ ड्यूटीमा नरहेको बेलामा संक्रमण देखिएको स्वकीय सचिव गौतमको भनाइ छ । संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०