Sunday, 23rd August, 2026
वि.स.

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

death-body-1590561518.jpg

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए ।

सिंह दम्पतीसहित  खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०