Saturday, 22nd August, 2026
वि.स.

माघ २० मा इन्द्रसरोवरमा प्रथम ल्होछार महोत्सब हुने

IMG_9418-1579498953.JPG

भिजिट नेपाल २०२० सफल बनाउन मकवानपुरको इन्द्रसरोबरमा ल्होछार महोत्सब हुने भएको छ । इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा पहिलो पटक ल्होछार महोत्सब गर्ने भएको हो । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्होरमुसा वर्गको अबसरमा ल्होछार महोत्सब  हुने भएको हो । इन्द्रसरोवर–२, कुलेखानीमा रहेको तामाङ समाजको आयोजनामा यही माघ २० गते ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा हुने भएको हो । साँस्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआगनमा मनाउने उधेश्यले समाजले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक बिरेन गोलेले बताए ।

एक दिनको महोत्सबमा लामा, बोन्पो, ताम्बा लगायतको झाकी र्याली सहीत गाउँपालिका परिक्रमा गरि कार्यक्रम स्थल इन्द्रसरोवर–२ कुलेखाली टोट्के चौरमा पुगिने भएको छ । महोत्सवमा तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टलहरु समेत रहने संयोजक गोलेले बताए ।

ल्होछार महोत्सब तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन, सन्जिब वाइबा, बिशाल कल्तान, अशोक तामाङ, जितु लोप्चन, सुस्मा मोक्तान, लगायत स्थानीय कलाकारहरु रबिन्द्र लामा, आवास थिङ, जस्मिन तामाङ, रोज वाइबा, आस्मा मोक्तान, अशोक स्याङ्तान, रिदम गोले लगायतको कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक अशोक तामाङले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif