Friday, 21st August, 2026
वि.स.

महालक्ष्मी विकास बैंकलाई साफा अवार्ड

सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसियन फेडेरेशन अफ एकाउन्ट्स साफा अवार्डबाट नेपालको महालक्ष्मी विकास बैंक सम्मानित भएको छ।

दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी अवार्ड प्रदान गरिन्छ। साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी पुरस्कृत भएको हो।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गरेको हो। 

बंगलादेशको ढाकामा सम्पन्न एक समारोहकाबीच बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सिएमपीले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सर्टिफिकेट हस्तान्तरण गरेका हुन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif