Thursday, 20th August, 2026
वि.स.

महालक्ष्मी बैंकले पालुङमा बनायो यात्रु प्रतिक्षालय

y1-1555907421.jpg

महालक्ष्मी विकास बैंक पालुङ शाखाले मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंक पुर्ण लागतमा प्रतिक्षालय बनाएको पालुङ शाखा प्रमुख संगिता बज्रचार्यले जानकारी दिइन् । 

पालुङ खाल्डे बजारमा निर्माण सम्पन्न भएको प्रतिक्षालयको शाखा प्रमुख बज्रचार्य र उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं थाहा नगरपालिका प्रमुख लवशेर विष्टले एक समारोहकाबीच ९ वैशाखमा उद्घाटन गरे । पालुङ शाखा प्रमुख संगिता बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई बैंकका सरद हमालले स्वागत गरेका थिए । उद्घाटन समारोहकै अवसरमा थाहा नगरपालिका २ नम्बर वडा कार्यालयलाई उक्त प्रतिक्षालय बैंकले हस्तान्तरण गरेको छ । हस्तान्तरणपछि अब प्रतिक्षालयको संरक्षण तथा व्यवस्थापन वडा कार्यालयले गर्नेछ ।

उद्घाटन समारोहमा प्रमुख अतिथी एवं नगर प्रमुख लवशेर विष्ट, वडा अध्यक्ष गुप्त बहादुर कार्की, सदस्य जानुका ढकाल, नेपाल रेडक्रस सासाइटी पालुङ शाखाका ज्ञानेश्वर ढकाल, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष सीताराम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले प्रतिक्षालय निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गर्नु राम्रो पक्ष भएको बताउँदै बैंकले नाफा मात्र हैन सामाजिक काम पनि गर्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका थिए । उनीहरुले विकास एक तह र क्षेत्रबाट मात्र नभई समग्र क्षेत्रबाट एकीकृत रुपमा अभियान थाले विकास सहज सवाल भएको औल्याए । निर्माणलाई अव संरक्षण र व्यवस्थापन गर्न सबै जागरुक हुनुपर्ने वक्ताहरुको भनाइ थियो । 

कार्यक्रममा थाहा नगरपालिका २ नम्बर वडा अध्यक्ष गुप्त बहादुर कार्की, वडा सदस्य एवं कार्यपालिका सदस्य जानुका ढकाल, वडा सदस्यहरु, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाललगायत स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, संचारकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०