Thursday, 20th August, 2026
वि.स.

महान्यायाधिवक्तामा रमेश बडाल

rames-1616147552.jpg

अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । 

अधिवक्ता बडाल नेपाल नेपाल बार एसोसिएसनको उपाध्यक्षमा पराजित भएका उम्मेदवार हुन् । श्रमका मुद्दामा धेरै वकालत गरेका बडालले प्रतिनिधिसभा विघटनको मुद्दाको पक्षमा बहस गरेका थिए ।

एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को उपाध्यक्षसमेत बनिसकेका बडाले पत्रकारका मुद्दामा समेत बहस गरेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif