Wednesday, 1st July, 2026
वि.स.

महाचुनीको भवन भोलि उद्घाटन गरिने

FB_IMG_1558176504471-1558176747.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेल खड्बुमा रहेको महाचुनी माद्यामिक विद्यालयको नव निर्मित भवनको उद्घाटन भोलि जेठ ५ गते हुने भएको छ । साबिक फाखेल गाउँ विकास समितिकै एक शैक्षिक धरोहरको रुपमा रहेको उक्त विद्यालयको भवन वि.स. २०५२ सालको विनाशकारी भुकम्पले जिर्ण बनाएपछि विद्यालयले २०७५ सालदेखि नयाँ भवन निर्माण कार्य सुरु गरेको थियो ।

प्लान नेपाल मकवानपुरको आर्थिक सहयोग र राडो नेपाल मकवानपुरको प्राविधिक सहयोगमा  विद्यालयको २ वटा भवन निर्माण सम्पन्न भएको छ ।

विगत ६० वर्ष देखि शिक्षाको ज्योति छर्दै आइरहेको उक्त विद्यालयमा माद्यामिक तह कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । उक्ति विद्यालयको नयाँ भवन भोलि एक विशेष समारोहका विच उद्घाटन हुन लागेको हो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।