Tuesday, 25th August, 2026
वि.स.

मल माग्दै हेटौंडामा प्रदर्शन

hetauda-1591687814.jpg

मल नपाएको भन्दै आक्रोशित किसानहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् ।

उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन मागसमेत गरेका छन् । किसानले सडकमै प्रदर्शन गरेपछि प्रहरीले किसानलाई सडकबाट हटाएका थिए । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत अनुदानको युरिया मल सहकारीमार्फत् किसानलाई बिक्री गर्दै आएको छ ।

सहकारी संस्थाले भने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले नै कम मल उपलब्ध गराएका कारण कृषकको आवश्यकताअनुसार मल वितरण गर्न नसकेको जनाएको छ । अहिले मकै बालीमा मल हाल्ने समय हो ।

‘बारीमा मकै पहेँलिन थालिसक्यो । मल पाएका छैनौं,’ हेटौंडा–११, किसान बबिम बर्तौलाले भने,‘यसैवर्ष मकैमा फौजी किरा समेत लागेको छ । हामी किसानलाई जहिल्यै समस्या ।’ मलको पर्खाइमा धेरै दिनदेखि बजार धाएको तर मल नपाएपछि बाध्य भएर नाराबाजी गरिएको किसानहरुले बताएका छन् ।

-इ-कान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif