Monday, 17th August, 2026
वि.स.

मलेसियाली रिंगेटको मूल्य बढ्यो, नेपाली कामदारको आय बढ्यो

944834258malaysia-1763528436.jpg

मलेसियाली रिंगेट चार वर्षको अवधिमा उच्च विन्दुमा पुगेको छ । मलेसिया सरकारले विश्वव्यापी व्यापार तनाव कम गर्दै आर्थिक गतिलाई सुदृढ पारेपछि मलेसियन मुद्रा वर्ष एसियाको सबैभन्दा राम्रो प्रदर्शन गर्ने मुद्राका रूपमा रहेको छ ।

विदेशी लगानीकर्ताहरूले यस वर्ष लगभग ४ अर्ब डलरको मलेसियाली बन्ड खरिद गरेका छन् । यसले मलेसियन मुद्रालाई थप बलियो बनाउने विश्लेषण गरिएको छ । मलेसियन एक रिंगेट बराबर ३४ रूपैयाँ ४३ पैसा पुगेको छ ।

मलेसियन रिंगेटको मूल्य वृद्धिले त्यहाँ कार्यरत नेपाली कामदारको आम्दानीमा मासिक करिब ५ हजार रुपैयाँ वृद्धि भएको आंकलन छ । मलेसियाको निर्यात–सञ्चालित अर्थतन्त्रले विश्वव्यापी मागमा भएको सुधारबाट लाभ उठाइरहेको र तेस्रो त्रैमासिकमा थप वृद्धिको अपेक्षा गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif