Wednesday, 19th August, 2026
वि.स.

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना

malysia-1508823083.jpg

 मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् । मृत्यु हुनेहरु अधिकांश नेपाली कामदार बोकेको बसमा सवार रहेको बताइएको छ । यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।

मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।

हेर्नुहोस् भिडियो:
 

-अनलाइनखबरबाट 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif